पत्रकार एलबीको निधनमा प्रेस काउन्सिलको चासो

पत्रकार एलबीको निधनमा प्रेस काउन्सिलको चासो

प्रेस काउन्सिल नेपालले सिभिल अस्पतालमा उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

विश्वकर्माको रकम अभावका कारण बिहीबार बिहान निधन भएको बताइएको छ । सो सम्बन्धमा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले अस्पताल व्यवस्थापनसँग भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो ।यसैबीच काउन्सिलले आज टिभी टुडे एचडीको कार्यालयको पनि अनुगमन गरेको छ । काउन्सिल अध्यक्ष बस्नेत, सदस्यद्वय ठाकुरप्रसाद बेलबासे र दीपक पाण्डेसहितको टोलीले टिभी टुडेको पेप्सीकोलास्थित कार्यालयमा पुगेर कर्मचारीको तलब, सुविधाका विषयमा जानकारी लिएको हो ।

पछिल्लो पाँच महिनादेखि टिभी टुडेमा कार्यरत बिश्वकर्मा बिरामी परेको समयमा कार्यरत संस्थाले तलब, सुबिधा उपलब्ध नगराएको गुनासो आएपछि अनुगमन गरिएको प्रेस काउन्सिलले जनाएको छ ।

श्रमजीवी पत्रकार अस्पतालमा पुगेपछि पनि उपचारको अभावमा ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

टिप्पणीहरू