एमालेमा कोरोना भसक्कै, अध्यक्ष ओली पनि संक्रमित

एमालेमा कोरोना भसक्कै, अध्यक्ष ओली पनि संक्रमित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।

हिजो गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको हो । ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ ।

कोरोना लागेपछि ओली बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ ।

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आजका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको छ ।

टिप्पणीहरू