प्रियंका चोपडालाई बच्चा प्राप्ती

प्रियंका चोपडालाई बच्चा प्राप्ती

बलिउड हुँदै हलिउड पुगेकी भारतीय अभिनेत्री प्रियंका चोपडाले बच्चा पाएकी छन् । अमेरिकी गायक निक जोनाससँग बिबाह गरेको तीन वर्षपछि उनले बच्चा पाएको जानकारी गराएकी हुन् ।

चोपडा र जोनासले प्राकृतिक तवरले भने बच्चा पैदा गरेका होइनन् । उनीहरुले अर्कै महिलाको कोख भाडामा लिएर जन्माएको बच्चा प्राप्त गरेका हुन् । ‘हामीले सरोगेसीमार्फत् शिशु प्राप्त गरेका छौं,’ चोपडा र निकले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

सरोगेसी कोख भाडामा लिएर बच्चा जन्माउने विधि हो । आर्थिक रुपले विपन्न महिलालाई पैसाको लोभमा अरुको इच्छाबमोजिमको सन्तान उत्पादनको निम्ति उनको कोख नौ महिना भाडामा लिइन्छ । बच्चा पैदा भएपछि महिललाई पैसा दिइन्छ, जन्मेको बच्चा लिएर पैसा दिने दम्पत्ति आफ्नो बाटो लाग्छन् । तर, वास्तविक आमा भने कोख र काख रित्तो बनाएर सुत्केरी जीवन जिउन बाध्य हुन्छिन् ।

भनेजति पैसा दिने दम्पतिले शरीरलाई दुःख नदिई छोरो वा क्युट छोरी बोक्छन् । जीवनमा सँधै रमाइलो उनीहरु नै गर्छन् तर सरोगेसीमा कोख उपलब्ध गराउने महिला त्यसपछि सास्तीको जीवन भोग्न बाध्य हुन्छिन् ।

टिप्पणीहरू