चीनले आफ्नो नागरिकलाई बन्धक बनाएको भारतीय आरोप

चीनले आफ्नो नागरिकलाई बन्धक बनाएको भारतीय आरोप

चिनियाँ सेनाले एक किशोरलाई अपहरण गरेर बन्धक बनाएको भारतले आरोप लगाएको छ ।

चिनियाँ सेनाले भारत–चीन सीमा नजिकै बेपत्ता भएका अरुणाचलका एक किशोरलाई अपहरण गरेर बन्धक बनाइएको भारतीय आरोप छ । अपहरणपछि भारतीय सेनाले चिनियाँ पक्षसँग आवश्यक सम्पर्क गरेको बताइएको छ ।

भारतीय सेनाले आफ्ना नागरिकको पत्तो लगाउन र मानक प्रोटोकलअनुसार फिर्ता गर्न चिनियाँ जनमुक्ति सेना (पीएलए) को सहयोग मागेको छ ।

१७ वर्षीय मिराम तारोनलाई चिनियाँ सेनाले गत मंगलबार भारतीय भूभागको जिडो गाउँबाट अपहरण गरेको भारतले आरोप लगाउँदै आएको छ ।

टिप्पणीहरू