अक्षर खस्यो, कृषि बैंकलाई दाँतमा ढुङ्गा

अक्षर खस्यो, कृषि बैंकलाई दाँतमा ढुङ्गा

आज कृषि विकास बैंकको ५५ औं वार्षिकोत्सव । कोरोनाको बेला पनि बैंकको मुख्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

धेरैजसो ठूलाबडालाई बैंकले भर्चुअल विधिबाट सहभागी गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।

No description available.

तर बैंकका हाकिम र केही पुरस्कृत कर्मचारी भने भौतिक रुपमा उपस्थित भएका हुन् । कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत भएका कर्मचारीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

“अंग्रेजीको आई अक्षर खस्दा कृषि विकास बैंकका सीईओको कार्यालय ‘अफिस अफ द सेफ एक्जिक्युटिभ अफिसर’ भएको छ ।”

कोरोना महाप्रलय भएको अवसरमा आयोजित कार्यक्रम हलमा २५ जनाभन्दा बढी कर्मचारी रहेको बैंक स्रोतले बताएको छ । सञ्चालक समितिका सबैजना,विभागीय प्रमुखहरु,सीईओ अफिस,सामान्य सेवालगायतका कर्मचारी गरेर ४० जनाको हाराहारीमा कर्मचारी उपस्थित थिए ।

No description available.प्रमाणपत्र पाएपछि उनीहरुमध्ये केहीले मुख्यालयमा रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यालय बाहिर फोटो खिचाएका थिए । तर सीईओको कार्यालय बाहिर राखिएको बोर्डमा एउटा अंग्रेजी अक्षर खसेको व्यवस्थापनले भेउ नै पाएन ।

त्यही भेउ नपाएको बोर्डमा उनीहरुले सीईओको कार्यालय बाहिर फोटो खिचेको भन्दै गर्दा होटलमा खाना बनाउने सेफको कार्यालय बाहिर खिचेको अवस्था उत्पन्न भएको छ ।

अंग्रेजी शब्द चिफबाट आई अक्षर खसेको धेरै भए पनि कसैले आजसम्म भेउ पाएका छैनन् । अंग्रेजीको आई अक्षर खस्दा कृषि विकास बैंकका सीईओको कार्यालय अफिस अफ द सेफ एक्जिक्युटिभ अफिसर’ भएको छ ।

टिप्पणीहरू