पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

आज मध्यरातदेखि पेट्रोलियम पदार्थको भाउ बढाइएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर १ सय बढाइएको आज साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ भाउअनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ३९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ सय २२ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासमा अत्यधिक घाटा भए पनि मूल्य नबढाइएको निगमको दाबी छ । पछिल्लो भाउको आधारमा पनि पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा निकै सस्तो रहेको निगमले स्पष्ट पारेको छ ।

No description available.

टिप्पणीहरू