आजदेखि पशुपतिमा शंख, घण्ट र डमरु मात्र बजाइने

आजदेखि पशुपतिमा शंख, घण्ट र डमरु मात्र बजाइने

कोरोनाको नयाँ भेरिएन्ट अमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि पशुपतिनाथ क्षेत्र बन्द गरिएको छ । पशुपति छेत्र विकास कोषका अनुसार संक्रमण बढ्दै गएकाले सो क्षेत्रका सबै मठ मन्दिरहरु बन्द गरिएको हो ।

कोषले जिल्ला प्रशासनले जारी गरेको आदेशबमोजिम माघ मसान्तसम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत सो क्षेत्रका सबै मठ मन्दिरमा बिहान र बेलुकीको परम्परागत नित्यपूजा मात्र हुने जनाएको छ ।

माघ महिनाभरि भक्तजनलाई मन्दिर क्षेत्रमा प्रवेशमा रोक लगाइएको विवरण कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू