धनुषा र सप्तरीमा सशस्त्रको बिओपी ठडियो

धनुषा र सप्तरीमा सशस्त्रको बिओपी ठडियो

 

सशस्त्र प्रहरी बल नेपालको धनुषा र सप्तरीमा निर्माण भएका चार वटा बिओपीको औपचारिक उद्घाटन भएको छ । धनुषाको नगराईन गरपालिका ८ अकौरस्थित बिओपी देवडिहा र सोही जिल्लाको विदेह नगरपालिका १ महिनाथपुरस्थितको बिओपी महिनायपुरको नवनिर्मित भवनको उद्घाटन अस्ति भएको हो ।

हिजो सप्तरी जिल्लाअन्तर्गतको बिओपी सुभरनपट्टी र बिओपी पातोको नव निर्मित भवनहरुको उद्घाटन भएको छ । ती उक्त भवनहरुको उद्घाटन गण नं.२ छिन्नमस्ता वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले गरेका हुन् ।

धनुषामा भएका भवन उद्घाटन कार्यक्रममा नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव, विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, सहीद नगर नगरपालिकाका मेयर उदय बरवरिया, सम्बन्धित वडा प्रमुखहरु, सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हेडक्वार्टर धनुषाका गणपति सशस्त्र प्रहरी उपरिक्षक नरेन्द्र सेनलगायतको उपस्थिति रहेको बताइएको छ ।

उता, सप्तरीको उद्घाटन कार्यक्रममा बोदेबसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह, डाक्नेशरी नगरपालिकाका मेयर शिवनारायण साहू, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा गौतम, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख र सशस्त्र प्रहरी बल नेपालका गणपति सहायक प्रहरी उपरिक्षक राजु कोडलगायतको उपस्थिति थियो ।

मगरले नयाँ भवनबाट कार्यालय सञ्चालन हुँदा सशस्त्र प्रहरी बलको सेवा प्रवाहमा थप ऊर्जा पुग्ने विश्वास व्यक्त गर्दै सीमा सुरक्षा, तस्करी रोकथाममा सहयोग हुने उल्लेख गरेका छन् ।

टिप्पणीहरू