सशस्त्रमा कोभिडविरुद्ध सहायता कक्ष

सशस्त्रमा कोभिडविरुद्ध सहायता कक्ष

सशस्त्र प्रहरी बल नेपाल प्रदेश नम्बर २ को छिन्नमस्ता बाहिनीअन्तर्गतका सबै ईकाइ, गण, बिओपी र बेसहरुले कोरोना महामारीविरुद्ध सचेतना फैलाउँदै आएका छन् । हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट बच्न सशस्त्रले चेतनामूलक कार्य सञ्चालन गर्दै आएको हो ।

बाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरका अनुसार सबै साना–ठूला इकाइ, गण, बिओपी तथा बेसहरुले सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरी कार्य गर्दै सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

ती सहायता कक्षबाट सर्वसाधारणले स्वास्थ्यसम्बन्धी सहयोग तथा आवश्यकताअनुसार अन्य सहयोग समेत उपलब्ध प्राप्त गरेको उहाँको भनाइ छ । वाहिनीपति मगरका अनुसार सबै कार्यालयले चेतनामूलक फ्लेक्स प्रिण्ट टाँस्ने तथा सर्वसाधारणको भीडभाड हुने स्थानको पहिचान गरी नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्ने, मास्कको प्रयोग गर्ने, खोप लगाउने, भौतिक दूरी कायम गराउने जस्ता विभिन्न प्रकारका सन्देश प्रवाह हुने गरी माईकिङसमेत गर्दै आएका छन् ।

टिप्पणीहरू