नेपाली सेनाको प्राविधिकतर्फ जागिर खुल्यो

नेपाली सेनाको प्राविधिकतर्फ जागिर खुल्यो
सुन्नुहोस्

नेपाली सेनाले प्राविधिकतर्फ झण्डै डेढ सयका लागि जागिर खुलाएको छ ।

सैनिक मुख्यालय जंगी अड्डास्थित कार्यरथी विभाग मातहतको भर्ना छनाेट निर्देशनालयले प्राविधिक, हवाई र विविध सेवातर्फका पदिक र विल्लादार पदमा १४७ जनाको भर्ना खुलाएको हो । 

निर्देशनालयको सूचनामा नर्सिङ्ग, सिभिल, कम्प्युटर, लेखा जम, पण्डित हुद्धा, मेडिकल, डेण्टल, जनरल मेकानिकल, इलेक्ट्रिकल, प्लम्बर, भेहिकल मेकानिक्स, रेडियो मेकानिक्स, सर्भे, छापाखाना, ब्याण्ड, ग्राउण्ड ह्याण्डिलिङ्ग, एभिएसन स्टोर, अमल्दारलगायत पदमा दरखास्त खुलको जानकारी दिएको छ ।
 
योग्यता पुगेका इच्छुकले आगामी जेठ १२ गतेसम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर जेठ १९ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

टिप्पणीहरू