‘बा’ पार्टीका महासचिवले एमालेमा भित्र्याएका गुण्डा नाइके समातिए

‘बा’ पार्टीका महासचिवले एमालेमा भित्र्याएका गुण्डा नाइके समातिए

‘बा’ पार्टीका महासचिव शंकर पोखरेलले एमालेमा प्रवेश गराएका दङ्गाली गुण्डा नाइके विकास पुन काठमाडौँमा समातिएका छन् । गुण्डा नाइकेका रुपमा प्रख्यात उनलाई ठगीको आरोपमा प्रहरीले समातेको हो ।

५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पुनलाई प्रहरीले आज पक्राउ गरेको हो । उनीविरुद्ध खोलाजन्य पदार्थको काममा ५० लाख ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले प्रहरीमा उजुरी गरेको बताइएको छ ।

पटक-पटक ज्यान मार्ने उद्योगमा पक्राउ पर्दै छुट्दै आएका पुन एकताका प्रहरी इन्काउन्टरमा मारिएका चर्चित गुण्डा नाइके कुमार घैंटेनिकट मानिन्थे । उनलाई गत स्थानीय चुनावका बेला महासचिव पोखरेलले नै दलबलसहित एमालेमा प्रवेश गराएका थिए ।

टिप्पणीहरू