युरोपमा ब्वाँसो मार्न थालियो

युरोपमा ब्वाँसो मार्न थालियो

युरोपेली मुलुकहरुमध्ये स्वीडेन, फिनल्याण्ड र नर्वेले ब्वाँसो मार्ने अभियान चलाएका छन् । ब्वाँसोको संख्या घटाउन उनीहरुले उक्त अभियान चलाएका हुन् ।

जाडोयाममा ब्वाँसोको संख्या नियन्त्रण गर्न तीन वटै मुलुकले ब्वाँसो निर्मुल अभियान अघि बढाएका हुन् । ती मुलुकमा ब्वाँसोको संख्या अत्यधिक बढेकाले संख्या घटाउन अभियान थालिएको बताइएको छ ।

हिउँदमा मात्र ब्वाँसो मार्ने वार्षिक अभियानअन्तर्गत स्विडेनमा २७ र फिनल्याण्डमा २० वटा मारिसकिएको छ । नर्वेले भने यो हिउँदमा कुल संख्यामध्ये ६० प्रतिशत ब्वाँसो मार्ने योजना बनाएको छ । वन्यजन्तु संरक्षकहरुले भने स्विडेन, फिनल्याण्ड र नर्वेलेको कदमप्रति आपत्ति जनाएका छन् ।

ब्वाँसोलाई लोपोन्मुख मानिएको पश्चिम युरापेली मुलुकमा पछिल्लो समय ब्वाँसोको संख्या घटाउन मार्ने कदम आपत्तिजनक रहेको वन्यजन्तु संरक्षकहरुको भनाइ छ ।

टिप्पणीहरू