अध्यक्ष ओलीलाई आरोप लगाउँदै अर्का कमरेडले पनि एमाले छाडे

अध्यक्ष ओलीलाई आरोप लगाउँदै अर्का कमरेडले पनि एमाले छाडे

एमाले अध्यक्ष केपी शर्मा ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्ला सचिवालय सदस्यले एमाले परित्याग गरेका छन् ।

जुम्लाको सिंजा गाउँपालिका कमिटीका संयोजक लोकेन्द्रबहादुर शाहीले जिल्ला कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै लेखेको राजीनामापत्रमा लामो समयदेखि नेकपा एमाले र जनताको बहुदलीय जनवादलाई आत्मसात गरे पनि अध्यक्ष ओलीको व्यवहारबाट दिक्क भएर राजीनामा दिएको उल्लेख छ ।

राजीनामामा लेखेका छन्, ‘नेकपा एमाले र त्यसको जनवर्गीय संगठन अनेरास्ववियुको कुनै पदमा नरहने र आजका मितिबाट नेकपाएमालेको कुनै पदमा नरहने र नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरी यस पार्टीमार्फत् नेकपा एमाले जिल्ला कमिटी जुम्लामा राजीनामा पेश गर्दछु ।’

टिप्पणीहरू