शिक्षामन्त्रीलाई विद्यार्थी संगठनहरुको ध्यानाकर्षण

शिक्षामन्त्रीलाई विद्यार्थी संगठनहरुको ध्यानाकर्षण

मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरु सिंहदरबार पुगेका छन् । आज शिक्षामन्त्री देवेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाउन सात विद्यार्थी संगठनहरु सिंहदरबार पुगेका हुन् ।

नेविसंघका अध्यक्ष राजिव ढुंगाना, माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) का अध्यक्ष पन्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलगायत सात विद्यार्थी संगठनहरुका नेताले शिक्षामन्त्रीलाई संयुक्त ध्यानाकर्षणपत्र दिएका हुन् ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मेडिकल कलेजहरुले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीहरु केही समयदेखि आन्दोलनरत छन् ।

टिप्पणीहरू