सेनामा प्रवक्ता फेरिए, पौडेलको ठाउँमा सिलवाल

सेनामा प्रवक्ता फेरिए, पौडेलको ठाउँमा सिलवाल

नेपाली सेनाले प्रवक्ता फेरेको छ । यसअघिका सहायक रथी सन्तोष बल्लभ पौडयालको ठाउँमा नयाँ प्रवक्ताका रुपमा सहायक रथी नारायण सिलवाललाई नियुक्त गरिएको हो ।

‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छु,’ सामाजिक सञ्जालमा लेख्दै पौडयालले भनेका छन्, ‘मेरो कार्यकालमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’

पौडयालले नयाँ प्रवक्ता सिलवललाई सहयोग गर्न सम्बन्धित सबैलाई अपिलसमेत गरेका छन् ।

टिप्पणीहरू