लता मंगेशकर अस्पताल भर्ना

लता मंगेशकर अस्पताल भर्ना
भारतकी विश्वप्रख्यात गायिका लता मंगेशकरलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । ९२ वर्षकी लतालाई मुम्बईको एउटा अस्पतालमा लगिएको हो ।
कोरोना संक्रमणपछि उनमा निमोनियाको संकेत देखिएको बताइन्छ । लगत्तै अस्पतालमा भर्ना गरेर हिजोदेखि उपचार थालिएको समाचारमा जनाइएको छ ।
मुम्बईका मेयर किशोरी पेड्नेकरका अनुसार आईसीयुमा राखेर उपचार गरिए पनि स्वास्थ्य अवस्था सामान्य छ ।
सात दशकभन्दा बढी समयमा उनले २५ हजारभन्दा बढी गीत गाएकी छन् । उनका अधिकांश गीत भारतीय उपमहाद्विपमा कालजयी मानिन्छन् ।

टिप्पणीहरू