माधव नेपाललाई पनि कोरोना पोजिटिभ

माधव नेपाललाई पनि कोरोना पोजिटिभ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण भएको छ । हिजो गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको नेपालको सचिवालयले जनाएको छ ।

गत साता माओवादी केन्द्रका अधिकांश नेतामा संक्रमण पुष्टि भएको र अध्यक्ष पुष्पकमल दाहाल पाँचदलीय गठबन्धनलगायतका बैठक र भेटघाटमा सक्रिय भएपछि धेरै जसोमा संक्रमण सरेको हो । माओवादी अध्यक्षलगायत डेढ दर्जन नेता अहिले आइसोलेसनमा छन् ।

अध्यक्ष नेपाल पनि आजदेखि घरमै एकान्तवास (आइसोलेसन) बस्न थाल्नुभएको छ । ‘अब बढीमा एक साता घरमा बस्नु हुन्छ,’ अध्यक्षको सचिवालयले भन्यो ।

माओवादी नेताहरुलाई संक्रमण पुष्टि भएपछि नतिजा नेगेटिभ आए पनि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ । प्रधानमन्त्रीले भेट गर्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली भने पार्टी काममा पूर्वी नेपालका विभिन्न जिल्लामा व्यस्त हुनुहुन्छ ।

टिप्पणीहरू