२ क्विण्टल गाँजासहित रामचन्द्र समातिए

२ क्विण्टल गाँजासहित रामचन्द्र समातिए

ठूलो परिमाणको गाँजासहित मकवानपुरको थाहा नगरपालिका २ बस्ने रामचन्द्र सिन्तानलाई प्रहरीले पक्रेको छ । उनलाई १ सय ८३ किलोग्राम गाँजासहित भीमफेदी गाउँपालिका २ भैँसेस्थित प्रहरी चेक पोष्टबाट पक्राउ गरिएको हो ।

प्रहरीले दिएको जानकारीअनुसार उनलाई हिजो प्रदेश ३–०१–००२२ नम्बरको पिक अप भ्यानमा लुकाइछिपाइ ल्याएको गाँजासहित पक्राउ गरिएको हो ।

उनले गाँजा ओसारपसार गर्दैछन् भन्ने जानकारी मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र गुरुङलाई प्राप्त हुनासाथ खटिएको टोलीले रामचन्द्रलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू