भारतबाट आउने पर्यटक रोकिए, स्थानीयलाई छुट

भारतबाट आउने पर्यटक रोकिए, स्थानीयलाई छुट

रुपन्देहीको बेलहिया नाकामा सुरक्षाकर्मीले पर्यटकलाई रोक्न थालेका छन् । कोभिड–१९ को जोखिम बढेपछि चेकजाँचमा कडाई गर्दै भारतबाट आउने पर्यटकलाई रोकिएको हो ।

बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ । कोरोना पुष्टि भए पर्यटकहरुलाई नेपाल भ्रमणको अनुमति नदिइने गरिएको बताइएको छ ।

चेकजाँचमा कडाई गरेपछि अहिले उक्त नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ ।

केही दिनअघि बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई भारत फर्काइएको थियो ।

‘अहिले सीमा नाकामा खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँच बिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण भए पनि स्थानीयलाई नाकाबाट आवतजावतमा गर्न कुनै रोक लगाइएको छैन । यसबाट पनि संक्रमणको जोखिम बढेको सुरक्षाकर्मीहरु बताउँछन् ।

टिप्पणीहरू