श्रीमती साटासाट गर्ने गिरोह समातियो

श्रीमती साटासाट गर्ने गिरोह समातियो

पैसाको लागि मानिसले केसम्म गर्छन् भन्ने उदाहरण भारतमा देखिएको छ । भारतमा पैसाको लेनदेन र वेश्यावृत्तिको व्यापार मात्र नभएर पतिले आफ्नी श्रीमती साटासाट गरेर रात बिताएको घटना सार्वजनिक भएको छ ।

श्रीमती साटासाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । केरलाको कोट्टायम नजिकै रहेको कारुकाचलमा श्रीमती साटासाट गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

उनीहरूले पत्नी साटासाट टेलिग्राम एपको माध्यमबाट गरेको प्रहरी अधिकारीहरूले जनाएका छन् । एक महिलाले श्रीमानले आफूमाथि अप्राकृतिक मैथुन गर्न र अन्य व्यक्तिसँग पनि सम्बन्ध राख्न दबाब दिँदै आएको भन्दै प्रहरीमा उजुर गरेपछि उक्त रहस्य खुलेको हो ।

प्रहरीले उक्त घटनामाथि अनुसन्धान गर्दा गिरोह नै फेला पारेको हो । गिरोहका सदस्यहरूले टेलिग्राम, म्यासेन्जर आदिको प्रयोगबाट एक अर्कासँग सम्पर्क गर्ने गरेको पाइएको छ ।

टिप्पणीहरू