उम्मेदवारलाई थाहै नदिई कमिटी घोषणा,कमरेडहरुवीच लफडा

उम्मेदवारलाई थाहै नदिई कमिटी घोषणा,कमरेडहरुवीच लफडा

नयाँ नेतृत्व चयन प्रक्रियालाई लिएर एमाले मकवानपुरमा लफडा निम्तिएको छ । ११ औँ जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवारलाई जानकारीसमेत नदिई ‘सर्वसम्मत’ नेतृत्व घोषणा गरिएपछि लफडा परेको हो ।

सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भन्दै शनिवार अधिवेशन स्थगित गरी आइतबार बिहान एकाएक एकालाल श्रेष्ठलाई अध्यक्ष घोषणा गरिएको थियो । तर,अध्यक्षका अर्का आकांक्षी बद्री लम्सालले एकपक्षीय रूपमा अध्यक्षसहितको टिम घोषणा भएको भन्दै कानुनी चुनौती दिने चेतावनी दिएका छन् ।

अध्यक्षमा लम्सालको पनि उम्मेदवारी थियो । तर,उनलाई सोधपुछ समेत नगरी श्रेष्ठको अध्यक्षतामा एक सय पाँच सदस्यीय जिल्ला कमिटी बनाइएपछि उनी पक्षधरहरु असन्तुष्ट रहेको बताइएको छ । लम्सालले आफूले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर लोकतन्त्रविरोधी कार्य गरिएको बताए ।

आवश्यक कानुनी प्रक्रियामा जाने लम्सालको चेतावनी छ ।

टिप्पणीहरू