माओवादी नेताहरु को-को मर्माहत

माओवादी नेताहरु को-को मर्माहत

हालै आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रका अध्यक्षलगायत अधिकांश केन्द्रीय नेतामा कोरोना संक्रमण पुष्टि भएको छ । चार दिनअघि पार्टी मुख्यालयका केही नेता तथा कार्यकर्ता र कर्मचारीमा संक्रमण देखिएपछि पनि नेताहरुले सजगता नअपनाउँदा अहिले धेरैतिर सल्केको हो ।

महाधिवेशन र महाधिवेशनपछिको भेटघाटमा विशेष सतर्कता नअपनाउँदा लाई एकैचोटी धेरैलाई कोरोनाले भेटेको हो । केही नेता तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु गठबन्धनको बैठक र अन्य भेटघाटमा सक्रिय भएपछि अहिले अधिकांश दलका प्रमुख नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

पार्टी अध्यक्ष दाहाल,वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ,केन्द्रीय सदस्य सुवोध श्रीपाली,अध्यक्षका स्वकीय सचिव रमेश मल्ल,वाइसीएल इञ्चार्ज रामप्रसाद सापकोटा, वाइसीएल अध्यक्ष सुमन देवकोटा, वागमती प्रदेश अध्यक्ष प्रकाश पाण्डे, अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह,पार्टी नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव,डोरप्रसाद उपाध्यायलगायत अधिकांश नेतामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका अधिकांश नेताहरुको अवस्था सामान्य रहेको र अहिले सबैजना होम आइसोलेसनमा बसिरहेको पार्टी स्रोतले पुष्टि गरेको छ ।

यसबीच दाहाल स्वयमले जीर्ण स्वास्थ्य अवस्थाकी पत्नी सीता दाहाल र परिवारका अन्य सदस्यसँगै तीन दिनअघि हात्तीवन रिसोर्टमा एक रात बिताउनुभएको छ । सो क्रममा घरबेटी तथा ठेकेदार शारदा अधिकारीसमेत सँगै गएका थिए । त्यसपछि पनि माओवादी नेता र उहाँहरुसँग सम्पर्कमा आएकाहरुले पार्टीका औपचारिक तथा अनौपचारिक कार्यक्रम,संसदीय समितिको बैठकहरुमा भाग लिएका थिए ।

टिप्पणीहरू