ओलीसँग भेट्न प्रधानमन्त्रीलाई अनुमति

ओलीसँग भेट्न प्रधानमन्त्रीलाई अनुमति

प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर संसदको गतिरोध अन्त्यको निम्ति पहल गर्न र अमेरिकी सहयोग नियोग एमसीसी सम्झौताबारे एमालेको धारणा बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिइएको छ । हिजो बालुवाटारमा  पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई उक्त कार्य थाल्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राजनीतिक समन्वयका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले माघमा हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सातै प्रदेशमा राजनीतिक संयन्त्र बनाउने निर्णयसमेत गरेको छ ।

सोही क्रममा गठबन्धनले लगातारको संसद अवरोध र एमसीसीबारे धारणा बुझ्न प्रधानमन्त्रीलाई ओलीसँग भेटवार्ता गर्न सुझाव दिएको हो ।

टिप्पणीहरू