‘गठबन्धन चुनावसम्मै, एमालेले एक सिट पनि जित्दैन’

‘गठबन्धन चुनावसम्मै, एमालेले एक सिट पनि जित्दैन’

नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकारले नै आगामी निर्वाचन गराउने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले आगामी निर्वाचन गराउने बताएका हुन् ।

आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन रहने बताउँदै उनले चुनावमा एमालेलाई एक सिट पनि जित्न नदिने दाबी गरे । ‘अब हुने निर्वाचन देउवाकै नेतृत्वमा हुन्छ ।

हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पूरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ,’ उनले भने ।

साथै देउवाले पार्टीभित्र पनि सबैलाई मिलाएर अघि बढ्ने उनको यादवको भनाइ छ । देउवा नेपालभित्र र काँग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढी अभ्यास गराउने नेतामा गनिएको तर्क गरे ।

टिप्पणीहरू