यातायात कार्यालयबाट समातिने १६ जना बिचौलिया को-को हुन् ?

यातायात कार्यालयबाट समातिने १६ जना बिचौलिया को-को हुन् ?

आज यातायात व्यवस्था कार्यालय, गुर्जुधाराबाट १६ जना बिचौलिया समातिएका छन् ।

कार्यालयमा आउने सेवाग्राहीहरुलाई लाग्ने दस्तुरभन्दा बढी रकम लिएर छिटो काम गराउने नाममा अनावश्यक दुःख हैरानी दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो ।

सार्वजनिक स्थानमा अशान्ति मच्चाएर अभद्र व्यवहार गरेको भन्दै १६ जनालाई तत्काल पक्राउ गरी मुलुकी फौजदारी अपराधसंहिता २०७४ बमोजिम अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान थालिएको बताइएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय चन्द्रागिरी नगरपालिका ६ बस्ने वर्ष २३ को सुबिन लामा,वडा नम्बर ५ घर भएका वर्ष २४ को शौरभ श्रेष्ठ, सोही ठाउँको वर्ष २७ को राजेश खड्गी,वडा नम्बर ८ घर भएका २१ वर्षीय रविन कार्की, २५ वर्षका अजय महर्जन र २६ वर्षका हरिकृष्ण पहरी छन् ।

त्यसैगरी धरान १३ घर भएका वर्ष २७ का राकु तामाङ, अछामको साफेंबगर ५ का २१ वर्षीय एकेन्द्र बुढा, ओखलढुङ्गा चिशङ्खुगढी नगरपालिका ४ घर भएका वर्ष ३८ का वीरेन्द्र कटुवाल, तनहुँको घाँसीकुवा ७ घर भएका २३ वर्षे सुशान्तराज भण्डारीलाई पनि प्रहरीले पक्रेको छ ।

पक्राउ परेका अन्यमा मकवानपुर थाहा ५ घर भएका १९ वर्षे विशाल लामा, रोल्पा कुरेली ३ घर भएका वर्ष २३ का जीवन मगर, झापाको बिर्तामोड ६ घर भएका २८ वर्षे विशाल मेचे, ओखलढुङ्गाको चम्पादेवी ४ घर भएका वर्ष २१ का विवेक न्यौपाने, ललितपुरको गोदावरी २४ का ३४ वर्षीय रुद्रबहादुर महत एवम् सिन्धुपाल्चोक ठुलोधादिङ घर भएका २१ वर्षीय छिरिङ तामाङ हुन् ।

टिप्पणीहरू