पशुपतिको हिसाब हेर्न को गए ?

पशुपतिको हिसाब हेर्न को गए ?

पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा नारायणप्रसाद सुवेदीलाई लगिएको छ । उनी यसअघि राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी र त्यहिँको कर्मचारी संघका अध्यक्षसमेत थिए । बैंकबाट अवकाश पाएपछि जनता टेलिभिजनमा आवद्ध छन् ।

बैंकमा कार्यरत छँदा पेशागत महासंघअन्तर्गत बैंक तथा वित्तीय संस्था कर्मचारी संगठनको अध्यक्षसमेत बनेका थिए । झण्डै छ महिनादेखि रिक्त पशुपतिको कोषाध्यक्षमा सुवेदीलाई लगिएको हो ।

उनी पर्वतको कुश्मा नगरपालिका पकुवा सिल्मीका स्थायी वासिन्दा हुन् । अहिले काठमाडौंको नेपालटारमा बस्दै आएका छन् ।

टिप्पणीहरू