करेन्ट चाउचाउको बाकसभित्र पैसैपैसा

करेन्ट चाउचाउको बाकसभित्र पैसैपैसा

सौर्य एयरलायन्सका कर्मचारी ठूलो परिमाणमा नगदसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरबाट समातिएका छन् । एयरलायन्सका कर्मचारी रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले हिजो दिँउसो विराटनगरबाट काठमाडौं आएको जहाज चेकजाँच गर्दा उक्त रकम फेला पारेको बताइएको छ । झोलाभित्रको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र राखेर एक हजार दरका चार हजार नौ सय ५० वटा र पाँच सय दरका एक सय वटा गरी जम्मा ५० लाख नगद बरामद गरेको प्रहरीले बताएको छ ।

हाल, उक्त रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ । पोखरेल सौर्य एयरलायन्समा असिस्टेन्टको रूपमा कार्यरत रहेको बताइएको छ ।

टिप्पणीहरू