मृतक बोकेको बस पल्टिदाँ ७ जनाको मृत्यु

मृतक बोकेको बस पल्टिदाँ ७ जनाको मृत्यु

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य ७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ ।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू