ट्याक्सी चढेर चोरी गर्ने गिरोह समातिए

ट्याक्सी चढेर चोरी गर्ने गिरोह समातिए

समूह बनाई ट्याक्सी चढेर रातको समयमा राजधानीमा चोर्न निस्किनेहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशन उप्रेती, राम बाघदास, राजु गुप्ता, अशोक कुमार महतो, सत्रुघन प्रसाद जैसवाल, राम पुनित महतो हुन् ।

आइतबार राति दुई बजे थानकोटस्थित विशाल प्लास्टोक्याब ई. प्रा.लि.बाट अपरिचित समूहले झण्डै १८ लाख ७६ हजार चार सय रुपैयाँको पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेका पावर केबल तार चोरी गरेको थियो ।

सोही घटनालाई लिएर अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई चोरी गरेको सामानसहित सोमबार बुद्धनगरमा फेला पारेको हो ।

प्रहरीले उनीहरुको साथबाट तामा र पित्तल जस्तो देखिने तारका क्वाइलहरु झण्डै १० के.जी बरामद गरेको छ । सोही समूहले ट्याक्सी प्रयोग गरी फरक समूह बनाएर विभिन्न सहकारी संस्थालगायत कारखानाहरुमा डकैती गर्नेे गरेको अनुसन्धानबाट खुलेको हो ।

टिप्पणीहरू