दिल्लीमा सबैभन्दा धेरै ओमिक्रोन संक्रमित

दिल्लीमा सबैभन्दा धेरै ओमिक्रोन संक्रमित

भारतमा केही सातायता ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ । भारतमा पछिल्लो २४ घण्टामा पाँच सय ७८ जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका हालसम्म भारतका २१ राज्यमा ओमिक्रोन भेरिएन्ट फैलिएको छ । तीमध्ये सबैभन्दा धेरै दिल्ली, महाराष्ट्र र केरलामा देखिएको छ ।

पछिल्लो २४ घण्टामा दिल्लीमा एक सय ४२, महाराष्ट्रमा एक सय ४१ र केरलामा ५७ जना संक्रमित थपिएका हुन् । ओमिक्रोन संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ ।

दिल्लीमा गए राति ११ बजेदेखि आज बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यू लगाइएको छ । यो कफ्र्यु आगामी केही सातासम्म लागू हुने बताइएको छ ।

टिप्पणीहरू