इजरायलमा पनि ल्होसार मनाइने

इजरायलमा पनि ल्होसार मनाइने

नेपाली धर्म, भाषा, भेषभुषा, लिपी, कला, साहित्य, संस्कार, संस्कृति,चाडपर्वलाई संरक्षण गर्ने उदेश्यसहित नेपाल तामाङ घेदुङ, इजरायलले सोनाम ल्होसारको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

इजरायलमा रहेका राष्ट्रिय ख्यातिप्राप्त स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिका साथ प्रत्यक्ष नाचगान, संगीत, मित्रता भेटघाटसहित कार्यक्रम गर्न लागिएको हो ।

विगतमा झैं यो वर्ष पनि मञ्जुश्री सम्बत २८५८ तग/च्यान ल्हामा परम्परागत ढंगले पूजपाठ गर्ने बताइएको छ । कार्यक्रम फ्रेबुअरी ११ का दिन साँझ छ बजेदेखि शुरु हुने जानकारी आयोजकले दिएको छ ।

कार्यक्रम राजधानी तेल अविवको याद्खारुचिम १५ इभीइ हलमा हुने उल्लेख छ ।

टिप्पणीहरू