कोरोनाबाट १ जना बिते, झण्डै तीन सय संक्रमित

कोरोनाबाट १ जना बिते, झण्डै तीन सय संक्रमित

कोरोना संक्रमण र ज्यान गुमाउनेको संख्या केही दिनदेखि उस्तै देखिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या झण्डै तीन सय र मृतक संख्यासमेत उस्तै देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट मुलुकभर एक जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा दुई सय ७१ जना संक्रमित थपिएका छन् । यो संख्या १० हजार आठ सय ८६ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।

यो अवधिमा दुई सय २५ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै चार हजार नौ सय ३१ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ८६ पुगेको छ ।

पछिल्लो आँकडाअनुसार काठमाडौंमा आठ सय ११ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा पाँच सय नौ र ललितपुरमा छ सय १८ जना संक्रमित छन् ।

टिप्पणीहरू