शिवम् सिमेन्टद्वारा प्रदेश २ का निर्माणकर्मीहरूसँग अन्तक्रिया

शिवम् सिमेन्टद्वारा प्रदेश २ का  निर्माणकर्मीहरूसँग अन्तक्रिया

शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ अन्तर्गत पर्ने विभिन्न जिल्लाका १२ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया गरेको छ। यसक्रममा जोखिम बहन बीमा कार्यक्रम समेत सम्पन्न गरिएको जानकारी कम्पनीले दिएको छ।

अन्तर्क्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुक लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ।

साथै उनीहरुलाई सोही कार्यक्रममार्फत बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। यससँगै देशका कुल २५ सयभन्दा बढी निर्माणकर्मीहरूलाई ५ लाख रुपैयाँ बराबरको जोखिम बहन बीमा गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २५ सय बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरिसकेको छ। उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एवंम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी बिस्तृत जानकारी गराईएको कम्पनीले जनाएको छ।

टिप्पणीहरू