माधव नेपालविरुध्द ओलीको मुद्दा ३६ औं नम्बरमा,५ जना न्यायाधीश बिदामा

माधव नेपालविरुध्द ओलीको मुद्दा ३६ औं नम्बरमा,५ जना न्यायाधीश बिदामा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत १४ जना सांसदको पद खुस्काउन एमाले अध्यक्ष केपी शर्मा ओलीले हाल्नुभएको मुद्दाको आज पेसी तोकिएको छ ।

ओलीद्वारा दायर उक्त मुद्दा न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ ।

एमालेका तत्कालीन १४ जना सांसदले नयाँ दल दर्ता गरेकोविरुध्द ओलीले दायर गरेको मुद्दा आज उक्त इजलासको ३६ औं नम्बरमा परेको हो । आज पनि मुद्दाको पालो नआउने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले बताएको छ ।

आज सर्वोच्चमा पाँच जना न्यायाधीश अनुपस्थित हुनुहुन्छ । सपना मल्ल कोभिड संक्रमित भएका कारण आइसोलेसनमा बस्नुभएको छ । सुष्मालता माथेमा सासू बितेका कारण १३ दिने बिदामा हुनुहुन्छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, नहकुल सुवेदी र डा. मनोज शर्मा भने व्यक्तिगत बिदामा बस्नुभएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

टिप्पणीहरू