महन्थ ठाकुरका सैयौँ नेताहरुको अनसन शुरु

महन्थ ठाकुरका सैयौँ नेताहरुको अनसन शुरु

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा फेरि भाँडभैलो देखिन थालेको छ । अध्यक्ष महन्थ ठाकुरका कतिपय निर्णय र व्यवहारप्रति औंला ठड्याउँदै पार्टीभित्रै बिरोधका स्वर सुनिन थालेका छन् ।

ठाकुरले लोकतान्त्रिक विधि र पद्धतिबाट पार्टी सञ्चालन नगरेको, एकलौटी र हुकुमी शैली अपनाएको भन्दै राजेन्द्र महतो समूहले बिरोध थालेको हो । लोसपाका धनुषा र महोत्तरीका १ सय ६१ जना नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय, बबरमहलमा हिजोदेखि धर्ना थालेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूर्ण समर्थन गर्दै आएको महन्थ नेतृत्वको लोसपा सर्वोच्च अदालतको आदेशपछि तितरबितर भएको हो । गत असारमा सर्वोच्चको फैसला पश्चात् ओली सरकार हटेपछि जनता समाजवादी पार्टीबाट अलग्गिएर महन्थको नेतृत्वमा महतोसहितका नेताहरु रहेको लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो ।

टिप्पणीहरू