दाङको कर्णाली भनेर चिनिन गंगटेमा बिजुली पुग्यो

दाङको कर्णाली भनेर चिनिन गंगटेमा बिजुली पुग्यो

दाङ जिल्लाको बबई गाउँपालिकास्थित गंगटेमा बिजुली बत्ती पुगेको छ । बबई गाउँपालिकाको सदरमुकाम हापुरेदेखि करिब २४ किलोमिटर टाढाको गंगटेमा विद्युत पुगेको हो ।

गाउँमा पहिलो पटक विद्युत पुगेपछि गंगटेका करिब १ सय घरधुरी लाभावन्वित भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बबई गाउँपालिका–१ को वडा कार्यालयमा रहेको स्वीच थिचेर विद्युत प्रशारणको शुभारम्भ गर्नुभएको हो ।

बबई गाउँपालिकालाई नै उज्यालो बनाउने उद्देश्य अनुरुप गंगटेमा विद्युत विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडलले जानकारी दिनुभयो । ‘उज्यालो बबई अभियान छ, गाउँपालिकाका विकट बस्तीमा विद्युत पुर्याउने योजनाअनुरुप नै गंगटेमा विद्युत विस्तार गरिएको हो,’ उहाँले भन्नुभयो, ‘यो अभियान ग्रामीण बस्तीमा विस्तार गर्दै लगिनेछ ।’

टिप्पणीहरू