साताको पहिलो दिन सुनकाे मूल्य स्थिर

साताको पहिलो दिन सुनकाे मूल्य स्थिर

आज साताको पहिलो दिन सुनको मूल्य स्थिर कायम गरिएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि सोही भाऊ राखिएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनिचाँदीको सोही मूल्य नै कायम भएको थियो ।

टिप्पणीहरू