अशक्त महिलालाई घरमै नागरिकता

अशक्त महिलालाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज बिहान अपाङ्गता भएकी महिलालाई घरैमा पुगेर नागरिकता वितरण गरेको छ । मनहरी गाउँपालिका ९, ज्यामिरेस्थित ढकाल खोल्चा छेउ घर भएकी ३२ बर्षीया लीलावती गिरीलाई नागरिकता प्रमाणपत्र वितरण गरिएको हो ।

बोल्न नसक्ने अवस्थाकी गिरीमा मानसिक समस्यासमेत देखिएको छ । उहाँलाई मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती,प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र नायब सुब्बा अश्विन अर्यालसहितको टोलीले घरैमा पुगेर नागरिकता प्रमाण पत्र दिएको हो । नागरिकताका लागि आवश्यक कागजपत्र जुटाउँदा पनि जिल्ला प्रशासन कार्यालय हेटौँडा लैजान समस्या भएका कारण घरैमा आएर नागरिकता बितरण गर्नुपरेको मामा सीताराम गिरीले बताउनुभयो ।

शनिबार बिदाको दिन अन्य कामहरुको चाप नहुने भएकाले नागरिकलाई घरैमा पुगेर नागरिकता दिन पाउँदा खुशी लागेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । अपाङ्गता भएका र सदरमुकामसम्म पुग्न नसक्ने अन्य व्यक्तिहरुलाई पनि सम्भव भएसम्म घरैमा पुगेर नागरिकता प्रदान गर्ने योजना छ ।

टिप्पणीहरू