अपमानबीच एक बर्दिधारी आत्महत्यातर्फ अग्रसर

अपमानबीच एक बर्दिधारी आत्महत्यातर्फ अग्रसर

एउटै ब्याचका अफिसरहरु कोही आइजी हुने,कोहि तल्तिरैबाट घर जाने अपमानजनक अवस्थासङ्ग जुझ्दै गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले आज मृत्युको बाटो रोजेका छन् । सँघीय प्रहरी कार्यालय (पुरानो अञ्चल प्रहरी) भैरहवास्थित आफ्नै क्वार्टरमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

यादव सँधै हँसिलो र सहयोगी भावनामा रहने गरेको तर पछिल्लो बढुवाको सूचीमा छुटाइएपछि निराश देखिँदै आएको सहकर्मीहरु बताउँछन् । प्रहरी प्रधान कार्यालयको एक वर्षअघिको बढुवा सूचीबाट उनको नाम छुटाइएको थियो ।

उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापालगायतको ब्याचमेट समेत हुन् । उनका कतिपय ब्याची यसबीच बढुवा भएर माथिल्लो तहमा पुगेका छन् भने कतिपय अवकाशसमेत हुन थालेपछि यादवको व्यवहार फरक देखिँदै आएको प्रहरीका उच्च अधिकृतहरुको बुझाइ छ ।

“यादव नवलपरासी निवासी र पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका भाञ्जा हुन् । यादवकी आमा प्रधानकी आफ्नै दिदी हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल यादवकी सानिमा हुनुहुन्छ ।”

उनीहरुको ब्याचका विक्रम चन्द, शेखर कोइराला,नरबहादुर केसी, सुदीप राजभण्डारीलगायतले यसवीच अवकाश पाइसकेका छन् । यीमध्येका राजभण्डारी बढुवा भएको दुई दिनपछि अवकाश पाएर घर गएका हुन् । अबको केही दिनमै हरिराज वाग्लेले पनि अवकाश पाउँदै छन् ।

यादव अवकाश हुन अझै डेढ वर्ष बाँकी थियो । प्रहरी प्रशासनले उपलब्ध गराएको विवरणअनुसार उनी उमेरको आधारमा अवकाश पाउने लाइनमा थिए ।

“उनीहरुको ब्याचका विक्रम चन्द, शेखर कोइराला,नरबहादुर केसी, सुदीप राजभण्डारीलगायतले यसवीच अवकाश पाइसकेका छन् । यीमध्येका राजभण्डारी बढुवा भएको दुई दिनपछि अवकाश पाएर घर गएका हुन् । अबको केही दिनमै हरिराज वाग्लेले पनि अवकाश पाउँदै छन् ।”

यादव नवलपरासी निवासी र पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका भाञ्जा हुन् । यादवकी आमा प्रधानकी आफ्नै दिदी हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल यादवकी सानिमा हुनुहुन्छ ।

यादवले आत्महत्या गर्नुअघि कुनै सुसाइड नोट वा अन्य विवरण लेखेर छाडेको पाइएको छैन । प्रहरी मुख्यालयले निकै भद्र उच्च अधिकृतले पासो लगाउनुलाई अचम्म मान्दै आवश्यक अनुसन्धान थालिसकेको बताएको छ ।

यसअघि डिएसपी कञ्चन थापाले पनि आफैंले गोली प्रहार गरेर आत्महत्या गरेका थिए ।

टिप्पणीहरू