कोरोनाको चपेटामा परेकालाई महानगरको हात

कोरोनाको चपेटामा परेकालाई महानगरको हात

कोरोना महामारीबाट प्रभावित परिवारहरुलाई ललितपुर महानगरपालिकाले आजदेखि राहत उपलब्ध गराउने भएको छ ।

कोरोनाका कारण परिवारका सदस्य गुमाएका, सङक्रमित भई आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराइरहेका अस्पताल भर्ना भई सामान्य उपचार गराएकाहरुलाई राहत रकम वितरण गर्न लागेको महानगरले जनाएको छ ।

महानगरले कोरोना भाइरसको सङक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको परिवारलाई एक लाख २० हजार, आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैयाँ राहत रकम दिने भएको हो ।

राहत रकमको लागि अहिले ११ बजेदेखि दिउँसो तीन बजेसम्म परिचय खुल्ने कागजातसहित महानगरको सभा हलमा सम्पर्क गर्न भनिएको छ ।

टिप्पणीहरू