मोडल कलेजका विद्यार्थीको विद्यालयमै मृत्यु,आन्दोलन शुरु

मोडल कलेजका विद्यार्थीको विद्यालयमै मृत्यु,आन्दोलन शुरु

बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । रत्नपार्कस्थित शान्तिवाटिकामा सोही कलेजका विध्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् । १८ वर्षीय सुशील सहनीको विद्यालय हाताभित्रै मृत्यु भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

प्रदर्शन बिहान १० बजेबाट शुरु भएको हो । झण्डै ५० जना विद्यार्थीको उपस्थितिमा भएको बिरोध प्रदर्शनमा विभिन्न नारा लगाइएको छ । प्रदर्शनमा वी वान्ट जस्टिस अर्थात् हामी न्याय चाहन्छौं, होस्टेल म्यानेजमेण्टमा लापरबाही किन ? जस्ता नाराहरु लगाइएको छ ।

हिजो दिउँसो नुहाउन भनेर छिरेका रौतहटका सहनी बाथरूममै बेहोस भएका थिए । लगत्तै अस्पताल लगिएका उनलाई अस्पतालले राती ८ बजे मृत घोषणा गरेको हो ।

प्रहरीले ग्यास गिजरमा पानी तताएर नुहाउन खोज्दा भेन्टिलेसनको कमिले उनी बेहोस भएको हुन सक्ने बताएको छ । उनी काठमाण्डौ मोडल कलेजमा कक्षा ११ मा अध्ययनरत थिए ।

टिप्पणीहरू