बीरगंज भन्सार कार्यालयमा पैसा तिर्न लाइन लाग्न नपर्ने

बीरगंज भन्सार कार्यालयमा पैसा तिर्न लाइन लाग्न नपर्ने

वीरगंजस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा अब विधुतीय माध्यमबाट राजश्व भुक्तानी गर्ने व्यवस्था मिलाइने भएको छ । सेवाग्राहीको सजिलोका लागि भन्सार कार्यालयले माघ महिनाभित्रै प्रारम्भ गर्ने गरि यस्तो प्रणाली संचालनमा ल्याएको हो ।

सबै किसिमको महशुलहरु विधुतीय माध्यमबाटै तिर्न सकियोस् भनेर पहिलोपटक विधुतीय माध्यमबाट भुक्तानी गर्न परीक्षण थालेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुस मसान्तभित्र परीक्षण सकाएर माघ महिनाभित्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि सेवाग्राहीले कुनै एपको प्रयोग गरि आफ्नो बैंक खाताबाट भन्सार कार्यालयमा रहेको बैंकस्थित भन्सार कोष खातामा राजश्व बुझाउन सक्नेछन् । यसबाट नगद बोक्नुपर्ने, चेक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था धाउनुपर्ने लगायतका झन्झट सेवाग्राहीलाई हुने छैन ।

यो प्रणालीबाट इन्टरनेट सेवा पहुँच भएका कुनै पनि स्थानबाट सहजै राजस्व भुक्तानी गर्न सकिनेछ ।

टिप्पणीहरू