तारा बराललाई बचाउन शान्तिवाटिकामा धर्ना

तारा बराललाई बचाउन शान्तिवाटिकामा धर्ना

सामाजिक अभियन्ता भनिने तारा बरालको जीवनरक्षाको माग गर्दै एक समूहले शान्तिवाटिकामा धर्ना थालेको छ । ‘तारा बराल बचाऊ अभियान’ले जीवन जोगाउन भन्दै आज शान्तिवाटिकास्थित गणेश मन्दिर छेउमा हस्ताक्षर संकलन तथा धर्ना कार्यक्रम शुरु गरेको हो ।

धर्नामा अभियानका संयोजक वीरेन्द्र श्रेष्ठ,समर्थक सजना रिमालसहित ७ जनाको उपस्थिति रहेको बताइएको छ ।

न्यायालय विवाद तत्काल समाधान गर्नुपर्ने, एमसीसी खारेज गर्नुपर्ने लगायतका माग राख्दै बराल गत कार्तिक ३० गतेदेखि आमरण अनसनमा बसेकी थिइन् । तर, उनको स्वास्थ्यमा समस्या आएपछि मंसिर ६ गते उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

मंसिर १६ गतेदेखि उनको आईसियू कक्षमा उपचार भइरहेको छ ।

टिप्पणीहरू