कर्णालीतिर कमरेडहरुको कुदाकुद

कर्णालीतिर कमरेडहरुको कुदाकुद

आउँदो प्रदेश तथा जिल्ला अधिवेशनबारे छलफल गर्न नेकपा एमाले कर्णाली प्रदेश कमिटीले बैठक बोलाएको छ । प्रदेश र जिल्ला अधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न सुर्खेतमा बैठक बस्न लागेको हो।

केन्द्रीय कार्यालयको परिपत्रअनुसार २३ पुसको जिल्ला अधिवेशन र ८ माघको प्रदेश अधिवेसनको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

‘आजको बैठकले प्रदेश कमिटीको अधिवेशनका लागि मुल आयोजक समिति गठन गर्नेछ भने २३ पुस भित्र गर्नुपर्ने जिल्ला अधिवेशनका लागि आवश्यक निर्णय लिनेछ,’ उनले भने ।

जिल्ला कमिटीहरूले प्रदेशमा बुझाउनु पर्ने आर्थिक दायित्वसहित प्रदेश पदाधिकारीको पदभार ग्रहणसमेत गराउने कार्यक्रम रहेको रिजालले बताए ।

एमालेको हालै भक्तपुरमा बसेको दोस्रो केन्द्रीय समिति बैठकले २३ पुसभित्र जिल्ला र ८ माघभित्र प्रदेश अधिवेशन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको थियो ।

टिप्पणीहरू