भारतमा अचम्मैसङ्ग ओइरियो विदेशी धन

भारतमा अचम्मैसङ्ग ओइरियो विदेशी धन

भारतले आर्थिक वर्ष २०२०/२१ मा अहिलेसम्मकै उच्च वार्षिक प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको जनाएको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार यो वर्षको साढे ११ महिनामा भारतले ८१ दशमलव ९७ बिलियन डलर वैदेशिक लगानी प्राप्त गरिसकेको छ ।
पछिल्लो सात आर्थिक वर्ष (सन् २०१४ देखि ०२१) सम्म भारतमा प्राप्त एफडीआई ४ सय ४० दशमलव २७ बिलियन डलर थियो । जुन पछिल्लो २१ वटा आर्थिक वर्षमा प्राप्त कूल एफडीआई प्रवाहको झण्डै ५८ प्रतिशत हो । सन् २००० देखि २०२१ सम्म ७ सय ६३ दशमलव ८३ बिलियन डलर प्राप्त भएको थियो ।

एफडीआई प्रवाहमध्ये १९ प्रतिशत कम्प्युटर सफ्टवेयर र हार्डवेयर क्षेत्रले आकर्षित गरेको छ । त्यस्तै सेवा क्षेत्रले १५ प्रतिशत,व्यापारमा ८ प्रतिशत एवम् दूरसञ्चार र निर्माण (पूर्वाधार) क्षेत्रमा ७ प्रतिशतका दरले एफडीआई आएको पछिल्लो विवरणमा उल्लेख छ ।

टिप्पणीहरू