२० बिगाहाको गाँजा, ५ बिगाहाको अफिम स्वाहा

२० बिगाहाको गाँजा, ५ बिगाहाको अफिम स्वाहा

गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ गाउँपालिकाका विभिन्न गाउँमा गाँजा र अफिम खेती नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्याय मकवानपुरका अनुसार २० बिगाहा क्षेत्रफलको गाँजा र पाँच बिगाहा क्षेत्रफलको अफिम नष्ट गरिएको हो ।

राक्सिराङ गाउँपालिका ४ को रानीवन, ५ को बमकिम, ताङराङ र रानीघाट क्षेत्रमा प्रहरीले गाँजा र अफिम नष्ट गरेको हो । बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले हिजोदेखि गाँजा र अफिम फँडानी थालेको हो ।

भदौमा रोपिएका गाँजा उत्पादन दिने बेला भएपछि प्रहरीले फँडानी थालेको बताइन्छ मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाका दर्जनौं स्थानमा अवैध रुपमा गाँजाखेती हुने गरेको छ ।

टिप्पणीहरू