यी हुन् हेलिकोप्टर दुर्घटनामा मारिएका जर्नेल

यी हुन् हेलिकोप्टर दुर्घटनामा मारिएका जर्नेल

बुधबार दक्षिण भारतको तमिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका प्रथम चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपिन रावतसहित १३ जनाको निधन भएको छ । मारिनेमा रावतकी श्रीमतीबाहेक अरु सबै सेनाको विभिन्न दर्जाका अधिकारी र कर्मचारीहरु हुन् ।

उक्त दुर्घटनामा एक जना बिग्रेडियर जर्नेल पनि मारिएका छन् । उनी दोस्रो पुस्ताका वरिष्ठ अधिकृत थिए । सैनिक स्रोतले उनी छिट्टै मेजर जनरलमा बढुवा हुने लाइनमा रहेको बताएको छ ।

एलएस लिड्डर सिडिएस रावतका सुरक्षा सहायकको रुपमा कार्यरत थिए । उनकी श्रीमती गीतिका विद्यालयकी शिक्षिका हुन् भने उनीहरुका १६ वर्षीया छोरी पनि छन् ।

लिड्डरका पिता मेहंगा सिंह पनि सेनामा कर्नेल थिए । उनी पञ्जाबी हुन् । यसवीच भारत सरकारले वायुसेवाका एअरमार्शल मानवेन्द्र सिंहको नेतृत्वमा उक्त दुर्घटनाको छानवीन टोली गठन गरेको छ ।

टिप्पणीहरू