कोरोनाबाट आज ३ जना बिते, २ सय बढीमा संक्रमण
पछिल्लो केही दिनयता कोरोना संक्रमित र निधन हुनेको संख्या उस्तै रहँदै आएको छ । पछिल्लो केही सातादेखि निधन हुनेको संख्या एक अंकमा छ भने दैनिक संक्रमितको संख्या तीन सयको हाराहारीमा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पनि कोरोना संक्रमणबाट तीन जनाको निधन भएको छ । दुई सय ५९ संक्रमित थपिएका छन् । १० हजार चार सय ८७ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
आज तीन सय ३७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ८ प्रतिशत रहेको छ । मुलुकभर अझै पाँच हजार नौ सय ९७ जना सक्रिय संक्रमित छन् ।
कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५२ पुगेको छ । अहिले काठमाडौंमा छ सय २८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८३ र ललितपुरमा पाँच सय ९८ जना संक्रमित छन् ।
टिप्पणीहरू