देउवाले रिमोट थिचेपछि केपी ओली टुप्लुक्क

देउवाले रिमोट थिचेपछि केपी ओली टुप्लुक्क

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

जारी उद्दघाटन सत्रमा सभापति देउवाले रिमोट थिचेर नेपाली काँग्रेस पार्टीको एप सार्वजनिक गर्नुभएको छ । सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

सभापति देउवाले रिमोट थिचेर एप सार्वजनिक गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा टुप्लुक्क पुग्नुभएको थियो । उक्त क्षण संयोगवश मिलेको थियो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता तथा अतिथिहरुको उपस्थिति रहेको छ ।

टिप्पणीहरू