युएईमा अबदेखि ४ दिन काम,३ दिन छुट्टी

युएईमा अबदेखि ४ दिन काम,३ दिन छुट्टी

संयुक्त अरब इमिरेट्स (युएई) मा अब सरकारी कार्य दिन र समय परिवर्तन हुने भएको छ । आगामी नयाँ वर्ष जनवरी १ देखि त्यहाँको शारजाह शहरमा लागू हुने नयाँ नियमअनुसार सोमबारदेखि बिहीबारसम्म मात्र कार्यालय खुल्नेछन् ।

शुक्रवार,शनिवार र आइतवार सार्वजनिक बिदा हुने छ । नयाँ नियमानुसार कार्यालय समय पनि परिवर्तन हुने भएको छ । अबदेखि शारजाहमा कार्यालय समय बिहान साढे ७ बजेदेखि दिउँसो साढे ३ बजेसम्म मात्र हुने छ ।

सामान्यतयाः विश्वमा कार्यालय समयको निम्ति हप्ताको कम्तिमा ४० घण्टा र बढीमा ४२ घण्टा तोकिएको छ । तर अब शारजाहमा त्योभन्दा पनि कम ३२ घण्टा मात्र काम गरे पुग्छ

नेपालमा गर्मीयाममा प्रतिसाता ४० घण्टा र जाडोयाममा ३५ घण्टा कार्यालय समय तोकिएको छ ।

टिप्पणीहरू